राप्रपा सत्ता केन्द्रित कुनैपनि गतिविधिमा सामेल हुँदैन : अध्यक्ष लिङदेन

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङदेनले आफ्नो पार्टी कुनैपनि प्रकारको सत्ता केन्द्रित गतिविधिमा सामेल नहुने दाबी गरेका छन्।

सबै प्रदेशमा नयाँ सत्तासमिकरण बनाउने गृहकार्य भइरहेका बेला उनले सरकार फेरबदलमा तटस्थ बस्ने सार्वजनिक अभिव्यक्ति दिएका हुन्।

एक कार्यक्रममा अध्यक्ष लिङदेनले कुनैपनि प्रकारको गठबन्धनमा आफ्नो पार्टी सामेल हुने सोच नबनाएको दाबी गरे।

‘राष्ट्रिय प्रजातन्त्र पार्टी अहिले कुनैपनि प्रकारको गठबन्धनमा समावेश हुँदैन । र त्यस प्रकारको कुनै पनि सोच बनाएको छैन । हामीले यो पछिल्लो सत्ता समिकरण बनेपछि स्पष्ट रुपमा भनेका छौं–राष्ट्रिय प्रजातन्त्र पार्टी सत्ता केन्द्रित कुनैपनि प्रकारको गतिविधिमा सामेल हुँदैन, उनले भने।

उनले पार्टीले चैत २७ गतेदेखि गर्न लागेको आन्दोलन शान्तिपूर्ण हुने दाबी गरे।

राष्ट्रिय प्रजातन्त्र पार्टीले आगामी चैत्र २७ गते वर्तमान व्यवस्था बिरुद्ध विशाल प्रदर्शनको तयारी गर्दै आएको छ । अध्यक्ष लिङदेनले प्रर्दशनीको तयारीको काम अन्तिम चरणमा पुगेको बताउनु बताए।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *