योजना बाहिरका कार्यक्रम बजेटमा आउँदा समस्या भयो : राखेप सदस्यसचिव घिसिङ

राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्यसचिव टंकलाल घिसिङले नेपाली खेलकुदको सरोकारवाला निकाय राखेपले प्रस्ताव नै नगरेको वा जानकारीमा नै नभएको शीर्षक बजेटमा समावेश भएर आउने गरेको बताएका छन् ।

मंगलवार आयोजित खेलकुदमा योजना र बजेट कस्तो ? भन्ने शीर्षकमा भएको अन्तरक्रिया कार्यक्रममा सदस्य सचिव घिसिङले यस्तो गुनासो गरे । राखेपले नबनाएको योजना, परिकल्पना, प्रस्ताव बजेटमा समावेश हुँदै आएको गलत प्राक्टिस सामना गर्नुपरेको सदस्यसचिव घिसिङको भनाइ छ । खेलकुदमा यसैपनि थोरै बजेट हुने र त्यसमा पनि कार्यक्रमहरू गर्न आफ्नो नियन्त्रणमा हुने नगरेको बजेट आउनुले समस्या भइरहेको उनले बताए ।

उनले खेलकुदको निकायसँग प्राविधिक जानकारी बिना नै रंगशालामा बनिरहेको भन्दै चर्को आलोचना गरे । खेलकुद संरचना बन्नु राम्रो पक्ष भएपनि त्यसको प्राविधिक पक्षबारे चेकजाँच गराएर मात्र संरचना बनाउन उनको आग्रह छ । सदस्य सचिव घिसिङले सातै वटा प्रदेशमा भएका भौतिक पूर्वाधारको अवस्थाबारे परिषद्ले मूल्यांकन गरिरहेको उल्लेख गर्दै त्यसको स्तरोन्नति र संरक्षणका लागि स्थानीय निकायलाई सहभागी गराउने गरी योजना बनिरहेको बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *