संसदीय समिति गठनको माग बेवास्ता गरिनुले सहकारी घोटालामा गृहमन्त्रीको संलग्नता पुष्टि हुन्छ : महत

नेपाली कांग्रेसका नेता प्रकाशशरण महतले सहकारी घोटालाका विषयमा पार्टीले राखेको मागका विषयमा बेवास्ता गरेकाले सहकारी घोटाला प्रकरणमा गृहमन्त्रीको संलग्नता पुष्टि हुँदै गएको बताएका छन् ।

उनले गृहमन्त्रीको सहकारी घोटालामा कुनै संलग्नता नभएको भए संसदीय छानबिन समिति गठनमा समस्या मान्नुपर्ने कुनै कारण नभएको बताए ।

उनले यस्ता समितिहरू पहिला पनि बन्ने गरेको दाबी गर्दै यस्ता समितिलाई सरकारले सहजै मान्ने गरेको बताए ।पूर्वअर्थमन्त्री महतले सहकारी घोटालामा संलग्नता नभएको भए समिति गठनमा समस्या मान्न नपर्ने बताए ।

‘समस्या छ । समस्या भएकाले प्रकट भइरहेको छ । संसदीय समितिले दोषी ठहर गर्छ भन्ने सोचबाट उहाँहरू ग्रसित हुनुहुन्छ’, उनले भने, ‘भोलि जबरजस्ती संसदमा विधेयकहरू प्रस्तुत गर्ने कोसिस गरे नेपाली कांग्रेसको तर्फबाट पनि त्यहीखाले परिस्थिति सृजना गरिन्छ ।’

उनले जबरजस्ती संसद चलाउन खोजे अवरोधको परिस्थिति सरकारले नै सृजना गरेको ठहरिने बताए । कांग्रेस प्रवक्ता महतले आफूहरूको मागको बेवास्ता गर्दै गृहमन्त्रीलाई संसदमा उपस्थित गराए यसको प्रतिरोध गर्ने बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *