बजेट विनियोजनको प्राथमिकता करेक्शन गर्न आवश्यक छ : अर्थसचिव पुस्कर

अर्थसचिव डा.कृष्णहरी पुस्करले बजेट विनियोजनको प्राथमिकतालाई पुनःसंरचना गरी विकासको दिशा नै सच्याउन आवश्यक रहेको बताएका छन् ।

बिहीवार प्रतिनिधि सभा अन्तर्गतको सार्वजनिक लेखा समिति बैठकमा बोल्दै सचिव पुस्करले यस्तो बताएका हुन् । उनले विगतका बजेट निर्माण गर्दा मुलुकको आवश्यकता र प्राथमिकता भन्दा बाहिर बजेट विनियोजन गर्दा समग्र विकासका परिदृश्यहरु अफ्ठ्यारोमा परेको दाबी गरे ।

विगतका बजेटमा कष्ट बेनिफिटको विश्लेषण नगरी प्राथमिक क्षेत्र निर्धारण गर्दा अहिले समस्या भइरहेको बताए । उनले बजेट प्राथमिकताको पुनःसंरचना गरेर विकासको दिशा नै करेक्शन गरी आवश्यक क्षेत्रमा बजेट व्यवस्थापन अहिलेको आवश्यकता रहेको बताए । राजमार्गमा कति रकम छुट्याउने विषय भौतिक मन्त्रालयकै जिम्मामा रहेको भन्दै आगामी आर्थिक वर्षको बजेटमा भौतिक मन्त्रालयले भनेका आयोजनाहरुमा स्रोत सुनिश्चिता अर्थ मन्त्रालयले गरिसकेको बताए ।

अर्थ मन्त्रालयले मुलुकको क्षमता र उपलब्ध स्रोतका आधारमा स्रोत सुनिश्चिता गरेको भन्दैहुलाकी राजमार्गमा आवश्यकताअनुसार मात्रै स्रोत सुनिश्चिता गर्नसक्ने जिकिर गरे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *