लुम्बिनीमा माओवादीका जोखबहादुर महरा मुख्यमन्त्री बन्दै

लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा माओवादी केन्द्रका संसदीय दलका नेताका जोखबहादुर महराले दाबी पेस गरेका छन् । उनले आज ४४ सांसदको हस्ताक्षर प्रदेश प्रमुख अमिक शेरचनलाई बुझाएका हुन् ।

त्यसक्रममा नेकपा एमालेका संसदीय दलका नेता लीला गिरी, प्रमुख सचेतक तुल्सी चौधरी, एकीकृत समाजवादीकी भगवती घिमिरे पनि सहभागी थिए । एमालेका २९, माओवादीका १०, जसपाका ३, एकीकृत समाजवादी १ र १ जना स्वतन्त्र प्रदेश सभा सदस्यले महराको पक्षमा हस्ताक्षर गरेका हुन् ।

८७ सदस्यीय लुम्बिनी प्रदेशसभामा नयाँ सरकार गठनका लागि ४४ सांसद आवश्यक पर्छ । लुम्बिनीमा नागरिक उन्मुक्तिका ४, राप्रपा र लोकतान्त्रिक समाजवादीका ३/३, राष्ट्रिय जनमोर्चाको १ सांसद छन् । कांग्रेसका २७ सांसद छन् ।

यसअघिका मुख्यमन्त्री डिल्ली चौधरीले बिहीबार राजीनामा दिएका थिए । संविधानको धारा १६८ को उपधारा २ बमोजिम प्रदेश मन्त्रिपरिषद् गठन प्रक्रिया सुरू भएको हो ।

महरा रोल्पाबाट निर्वाचित सांसद हुन् । यसअघि लिला गिरी मुख्यमन्त्री रहेको बखत महरा तीन महिना अर्थमन्त्री भएर जिम्मेवारी निर्वाह गरेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर