नेपाल ‘ए’ को लज्जास्पद ब्याटिङ, ६० रनमै अलआउट

आयरल्यान्ड ‘ए’ सँगको दोस्रो एकदिवसीय खेलमा नेपाल ‘ए’ ले लज्जास्पद ब्याटिङ गरेको छ । १ सय ७५ रनको लक्ष्य पछ्याएको नेपाल ६० रनमै अलआउट भएको हो ।

नेपालका लागि भीम सार्कीले १७ र कप्तान विनोद भण्डारीले १६ रन बनाउनुबाहेक अन्य खेलाडी दोहोरो अंकमा रन बनाउन सकेनन् । नेपालका लागि चार खेलाडी शून्यमा आउट भएका थिए ।

आयरल्यान्डका लागि म्याथ्यले ६, ह्यान्ड र थोमसले समान २ विकेट लिए ।

यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको आयरल्यान्ड ‘ए’ले ३८ दशमलव चार ओभरमा अलआउट हुँदै एक सय ७४ रन मात्रै बनाएको थियो ।

उसका लागि गानिभ होयले अर्धशतकीय पारी खेले । उनले ५९ बल खेल्ने क्रममा दुई छक्का र पाँच चौको सहयोगमा ५० रन बनाए । कप्तान निल रकले ३८ बलमा तीन छक्का र तीन चौकाको सहयोगमा ४५ रन बनाए भने लियाम मकार्थीले ३५ रन बनाए । साथै पिटर मुरले १७ रन बनाउनुबाहेक अन्य ब्याटरले उल्लेख्य रन बनाउन सकेनन् ।

नेपाल ‘ए’का लागि रिजन ढकाल र सहाब आलमले तीन/तीन विकेट लिए भने मौसम ढकालले दुई र कमल ऐरीले एक विकेट लिए । प्रतियोगिताको पहिलो खेलमा आयरल्याण्ड ‘ए’ २१ रनले पराजित भएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर