प्रहरीमा दुई डिआइजीको दरबन्दी थप

नेपाल प्रहरीमा दुई डिआइजीको दरबन्दी थपिएको छ । बिहीबारको मन्त्रिपरिषद् बैठकले नेपाल प्रहरीको प्राविधिक तर्फ दुई जना डिआइजीको विशेष दरबन्दी थप गर्ने निर्णय गरेको हो।

प्रहरी प्रधान कार्यालयले केन्द्रीय अनुसन्धान ब्युरोमा साइबर हेर्ने गरी डिआइजी राख्न प्रस्ताव गरेको थियो । त्यसैगरी केनाईन महाशाखामा डिआइजीको दरबन्दी राख्नुपर्ने प्रस्ताव गरिएको थियो ।

साइवर ब्युरोका एसएसपी नबिन्द अर्याल र केनाइनकी एसएसपी देवती गुरुङको पुगनपुग एक वर्ष मात्रै अवधि बाँकी रहेको छ । साइबर ब्युरो र केनाइनमा त्यतिको अनुभवी अधिकारी तयार गर्न दशकौँ लाग्न सक्ने र उमेर छँदै भएकोले सङ्गठनको आवश्यकताका लागि विशेष(अवकाशसँगै एसएसपी नै कायम हुने) पद सिर्जना प्रक्रिया अघि बढाइएको थियो ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर