आईपीएल : आज कोलकाता र चेन्नई भिड्दै

इन्डियन प्रिमियर लिग (आईपीएल) २०२४ को १७ औं सिजनको २२ औं खेलमा आज चेन्नई सुपर किंग्सले कोलकाता नाइट राइडर्सको सामना गर्दैछ । खेल एमए चिदम्बरम (चेपौक) स्टेडियम, चेन्नईमा साँझ ७ः४५ बजेबाट सुरु हुनेछ ।

सिजनमा चेन्नईको यो पाँचौं खेल हुनेछ । टोलीले ४ मध्ये २ खेल जितेको छ । अर्कोतर्फ, कोलकाताको यो चौथो खेल हुनेछ। टोलीले यो सिजन अहिलेसम्म एक खेल पनि हारेको छैन ।

चेन्नईका मुस्ताफिजुर रहमानले आजको खेल खेल्ने कि नखेल्ने भन्ने टुंगो लागेको छैन । उनले हैदरावादविरुद्धको पछिल्लो खेल खेलेका थिएनन् । मुस्ताफिजुर अमेरिकामा हुन लागेको टी–२० विश्वकपका लागि भिसा लिन बंगलादेश गएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *