कोशी सरकारबाट बाहिरिने निर्णय गर्दै माओवादीले फिर्ता बोलायो मन्त्री

माओवादी केन्द्रले कोशी सरकारबाट बाहिरिने निर्णय गरेको छ । आज बसेको माओवादी संसदीय दल बैठकले प्रदेश सरकारबाट बाहिरिने निर्णय गरेको हो ।

माओवादीले प्रदेश सरकारमा रहेका आफ्ना तीन मन्त्रीलाई पनि फिर्ता बोलाएको संसदीय दलका नेता इन्द्र आङ्बोले बताए । माओवादीबाट राजेन्द्र कार्की, नारायण बुर्जा मगर र गणेश उप्रेती प्रदेश सरकारमा मन्त्री छन् ।

कोशी प्रदेशमा हाल कांग्रेसका केदार कार्की मुख्यमन्त्री छन् । उनी एमालेको सहयोगमा मुख्यमन्त्री बनेका हुन् । संविधानको धारा १६८ को उपधारा ५ अनुसार प्रदेश सदस्यको हैसियतले बहुमतसिद्ध गरी उनी मुख्यमन्त्रीमा नियुक्त भएका थिए । पछि माओवादीले पनि उनलाई समर्थन गरेको थियो ।

केन्द्रमा नयाँ गठबन्धन बनेपछि भने कार्की नेतृत्वको सरकार अल्पमतमा परेका छन् । तर, उनले राजीनामा पनि नदिने र विश्वासको मत पनि नलिने अडान लिँदै आएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर