डढेलो निभाउने क्रममा सेनाका चार जना घाइते, हेलिकोप्टरबाट काठमाडौं ल्याइँदै

डोल्पाको मष्टाभवानी सामुदायिक वनमा लागेको डढेलो निभाउने क्रममा सोमबार नेपाली सेनाका चार जना घाइते भएका छन् ।

गम्भीर घाइते भएका उनीहरुलाई सेनाको हेलिकोप्टरबाट काठमाडौं पठाइएको डोल्पाका प्रहरी नायब उपरीक्षक (डीएसपी) हरिकृष्ण केसीले जानकारी दिए ।

केसीका अनुसार घाइते हुनेमा देवीदत्त गुल्मका ३० वर्षीय विजय कोइराला, ३८ वर्षीय केसरबहादुर दर्जा मगर, २३ वर्षीय अशिस बुढा र २८ वर्षीय हेमन्त रावत छन् ।

आइतबार दिउँसोदेखि वनमा डढेलो लागेको थियो । हावाहुरीका कारण डढेलो निभाउन समस्या परिरहेको छ । डढेलो निभाउन नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी तीन वटै सुरक्षा निकाय खटिएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर