एसीसी प्रिमियर कप खेल्ने नेपाली क्रिकेट टोलीको घोषणा

ओमानमा हुने एसीसी प्रिमियर कप खेल्ने नेपाली राष्ट्रिय क्रिकेट टोलीको घोषणा गरिएको छ । क्रिकेट एसोसिएसन अफ नेपालले नेपालको १४ सदस्य टोली घोषणा गरेको हो ।

नेपालको टोलीमा रोहित पौडेल (कप्तान), आसिफ शेख, कुशल भुर्तेल, कुशल मल्ल, विवेक यादव, सन्दीप जोरा, अनिल शाह, गुलशन झा, दीपेन्द्रसिंह ऐरी, ललित राजवंशी, करण केसी, सोमपाल कामी, प्रतिश जिसी र अभिनाश बोहरा छन् ।

भारतमा हालै भएको एसएमएस फ्रेन्डसिप कपमा रहेका खेलाडी नै अन्तिम टोलीमा स्थान बनाएका छन् । तीव्र गतिका बलर आकाश चन्द भने टोलीमा पर्न सकेनन् ।
प्रिमियर कप १२ अप्रिलदेखि २१ अप्रिलसम्म ओमानमा हुनेछ । प्रिमियर कपको समूह ए मा नेपाल, मलेसिया, हङकङ, साउदी अरेविया र कतार छन् । समूह बी मा यूएई, कुवेत, बहराइन, ओमान र कम्बोडिया छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *