सशस्त्रको गोदाममा भएको आगलागीको छानबिन गर्न गृहको अर्को समिति

गृह मन्त्रालयले सशस्त्र प्रहरी बल (एपीएफ)को सतुंगलस्थित केन्द्रीय गोदाममा भएको आगलागी घटना छानबिन गर्न अर्को समिति गठन गरेको छ । गृह मन्त्रालयले सहसचिव भरतमणि पाण्डेको संयोजकत्वमा समिति गठन गरेको हो ।

समितिको सदस्यमा सशस्त्रका डीआईजी किशोर प्रधान, महालेखा नियन्त्रकको कार्यालयका उपसचिव स्तरको प्रतिनिधि, गृहका उपसचिव सागरमणि पाठक र ब्वरिष्ठ कम्युटर इन्जिनियर सुस्मा श्रेष्ठ छन् । समितिले १० दिनभित्र प्रतिवेदन पेश गर्नुपर्ने छ ।

छानबिन समितिलाई आगलागीको कारण खोज्ने, क्षतिको विवरण सङ्कलन गर्ने तथा जोखिम न्यूनीकरणका लागि गरेको पूर्वतयारी एवं आगामी दिनमा यस्तो घटना घट्न नदिनका लाग गर्नुपर्ने सुधारलगायतका विषयमा सत्यतथ्य छानबिन गरी १० दिनभित्र प्रतिवेदन पेश गर्न भनिएको छ ।

यसअघि सशस्त्र प्रहरीले पनि एआईजीको नेतृत्वमा आगलागीको छानबिन गर्न समिति गठन गरेको थियो । सशस्त्र प्रहरी बलले एआईजी वंशिराज दाहालको संयोजकत्वमा ९ सदस्यीय समिति गठन गरेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर