ईसेवा र होटल संघ नेपालसँग फोनपेको साझेदारी

भारतीय फिनटेक कम्पनी फोनपेले ईसेवा र होटल संघ नेपालसँग साझेदारी गरेको छ । नेपालको फोनपे नेटवर्कमा यूपीआईको प्रयोग बढाउने उद्देश्यले साझेदारी गरिएको हो ।

पोखरामा हुने नयाँ वर्षको अवसरमा अप्रिल ११ देखि अप्रिल १४ सम्म हुने फेवा महोत्सवमा पर्यटकमाझ यूपीआईको लोकप्रियता बढाउने उद्देश्य राखिएको छ ।

डिजिटल ब्रान्डिङका साथै डिजिटल भुक्तानी सेवा प्रयोग गर्ने तरिका सिकाउने तथा यूपीआईमार्फत भुक्तानी सेवामा सहजता देखाउने उद्देश्यले अन्य अन्तरक्रियात्मक गतिविधिहरूको नेतृत्व इसेवा र भारतीय फोनपेले होटल संघ पोखराको सहकार्यमा गर्दै छ । महोत्सवमा तीन हजारभन्दा बढी व्यापारीहरू सहभागी हुनुका साथै एक लाखभन्दा बढी आन्तरिक तथा अन्तर्राष्ट्रिय पर्यटकहरूले सहभागिता जनाउने अपेक्षा गरिएको छ ।

फोनेपे इन्टरनेशनल पेमेन्टका प्रमुख कार्यकारी निर्देशक रितेश पाईले फेवा नयाँ वर्ष महोत्सवमा इसेवा र होटल संघ नेपालसंग साझेदारी गरी नेपालमा यूपीआई प्रणालीलाई लोकप्रिय बनाउन पाउदा आफूहरु उत्साहित रहेको बताए ।

इसेवाका प्रमुख कार्यकारी निर्देशक जगदीश खड्काले फेवा नयाँ वर्ष महोत्सवका लागि फोनपे र होटल संघ नेपालको साझेदारी नेपालमा डिजिटल भुक्तानीलाई थप प्रवद्र्धन गर्ने सुनौलो अवसर रहेको बताए ।

देशको अग्रणी डिजिटल वालेटका रूपमा डिजिटल भुक्तानी इकोसिस्टमलाई बढाउँदै र व्यापारीहरू तथा उपभोक्ताहरू दुवैका लागि सुविधाजनक समाधानहरू प्रदान गर्ने कुरामा आफूहरु प्रतिबद्ध रहेको उनको भनाइ थियो ।

होटल संघ पोखराका अध्यक्ष लक्ष्मण सुवेदीले भने फेवा नयाँ वर्ष महोत्सवले ३ लाख पर्यटक भित्र्याउने लक्ष्य राखेको र पोखराका होटलहरूले पोखरा घुम्न आउने पर्यटकहरूलाई आरामदायी बास सुनिश्चित गर्न होटलहरुमा २० प्रतिशतसम्म छुट दिने व्यवस्था मिलाइएको जानकारी दिए ।

फोनपे नेपालका प्रमुख कार्यकारी निर्देशक दिवास सापकोटाले नेपालमा फोनपे नेटवर्कमा यूपीआई क्षमताहरूको एकीकरणलाई प्रवद्र्धन गर्न फोनेपे इन्डिया, इसेवा र नेपाल होटल व्यवसायी संघसँगको रणनीतिक साझेदारी गरिएको बताए । फेवा नयाँ वर्ष महोत्सव यस सहकार्यको प्रभावलाई दर्साउने एक विशेष स्थानको रूपमा रहेको उनको भनाइ थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *