गठबन्धनलाई भागबण्डा पुर्‍याउन गण्डकीमा टुक्र्याइयो मन्त्रालय

गण्डकीमा गठबन्धनलाई भागबण्डा पुर्‍याउन मन्त्रालय टुक्र्याइएको छ । एमालेबाट हालै मुख्यमन्त्री बनेका खगराज अधिकारीले ७ बाट बढाएर ९ मन्त्रालय बनाउने निर्णय गरेका हुन् ।

मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालयबाट स्वास्थ्य मन्त्रालय र आन्तरिक मन्त्रालय बेग्लै बनाउने निर्णय भएको सरकारका प्रवक्ता तथा विना विभागीय मन्त्री हरिबहादुर चुमानले बताए ।

गण्डकीमा यसअघि १२ वटा मन्त्रालय रहेकोमा २०७९ पुस २५ मा मुख्यमन्त्री नियुक्त भएपछि अधिकारीले नै घटाएर ७ वटा मन्त्रालय बनाएका थिए ।

मन्त्रिपरिषद्को बैठकले गण्डकीको मुख्य न्यायाधिवक्तामा लमजुङका कृष्ण अधिकारीलाई नियुक्त गरेको छ ।

मुख्यमन्त्रीविरुद्ध दायर रिटमा बुधबार सर्वाेच्चले दीर्घकालीन महत्वको निर्णय नगर्न अन्तरिम आदेश जारी गरेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर