चुनाव अवलोकन गर्न नेपालसहित विभिन्न देशका दललाई भाजपाको आमन्त्रण

भारतको सत्तारुढ भारतीय जनता पार्टी (भाजपा) ले २५ देशका राजनीतिक दलहरूलाई भारतीय निर्वाचन र त्यससँगै प्रचारप्रसारको अवलोकन गर्नका लागि आमन्त्रण गरेको छ ।

भाजपाले छिमेकी देशहरु नेपाल, बंगलादेश र श्रीलंकाका राजनीतिक दलहरू पनि आमन्त्रण गरेको छ ।

विश्वभरका सत्तारुढ र प्रतिपक्षी दलका राजनीतिक दलहरूलाई पठाइएका निमन्त्रणामा अफ्रिका, युरोप र छिमेकी मुलुकलगायत विभिन्न क्षेत्रका प्रतिनिधिहरू सामेल छन् ।

भारतीय जनता पार्टीका विदेश मामिला विभागका इन्चार्ज डा. विजय चौथाइवालेले यो पहलको महत्वलाई जोड दिँदै भने, ‘यसमा सहभागी हुने दलका प्रतिनिधिहरु सबैभन्दा ठूलो लोकतान्त्रिक अभ्यासको साक्षी हुने विश्वास लिएका छौं ।’

भाजापाले विदेशी राजनीतिक दलहरूलाई लोकसभा चुनावमा प्रचारप्रसारको अवलोकनका लागि आमन्त्रित गरेको यो पहिलो घटना हो । विगतमा पनि पार्टीले विदेशी राजनीतिक दललाई विधानसभा चुनावको प्रचारप्रसारको अवलोकनका लागि आमन्त्रण गरेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *