साइबर अपराध धेरै हुने देशको सूचीको ‘टप थ्री’ मा चीन

नेपालको छिमेकी मुलुक चीन साइबर अपराध हुने मुलुकको सूचीमा शीर्ष ३ भित्र परेको छ । साइबर अपराध हुने मुलुकको सूचीमा पहिलो स्थानमा रुस, दोस्रो स्थानमा युक्रेन र तेस्रो स्थानमा चीन परेका हुन् ।

विश्वभरका साइबर अपराध विज्ञहरूले सर्वेक्षण गरेपछि तयार गरिएको ‘वल्र्ड साइबर क्राइम इन्डेक्स’ले यस्तो देखिएको हो । विज्ञहरुले यसका लागि विभिन्न देशसँग राय लिएका थिए । यो सर्वेक्षण प्लोस वन जर्नलमा प्रकाशित गरिएको छ ।

साइबर अपराध हुने मुलुकको सूचीमा चौंथो स्थानमा अमेरिका, पाँचौं नाइजेरिया, छैटौं रोमानिया र सातौं स्थानमा उत्तर कोरिया छन् । आठौं स्थानमा बेलायत र नवौं स्थानमा ब्राजिल र १० औं स्थानमा भारत छ ।

वेबसाइट तथा इमेल ह्याकिङ, चरित्रहत्या, डाटा चोरी, इन्टरनेटमार्फत व्ल्याकमेलिङ, इन्टरनेट बैंकिङ जालसाजी, अर्काको पहिचान अनधिकृत रूपमा प्रयोग, क्रेडिट कार्ड, अर्काको कम्प्युटर, विद्युतीय उपकरण तथा नेटवर्कमा पु¥याउने क्षति, जालसाजीजस्ता गतिविधि साइबर अपराध हुन् । यिनै आधारलाई मानेर सूची तयार गरिएको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर