ठमेल र दरबारमार्गमा भरपर्दो सुरक्षा व्यवस्था मिलाइएको छः प्रजिअ बस्नेत

नयाँ वर्षको शुरुवातदेखि २४ सै घण्टा खुला गर्न लागिएको ठमेल र दरबारमार्ग क्षेत्रलाई सुरक्षित बनाउन त्रुटीरहित र भरपर्दो सुरक्षा व्यवस्था मिलाइएको जिल्ला प्रशासन कार्यालय काठमाडौंले बताएको छ ।

शुक्रबार प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले २०८१ वैशाख १ गतेदेखि काठमाडौं जिल्लाको ठमेल र दरबारमार्ग क्षेत्रलाई पूर्ण समय व्यवसाय सञ्चालन गर्नेगरी रात्रीकालीन समयमा समेत व्यवसाय सञ्चालन गर्नेगरी खुला गर्ने तयारी गरेकाले सोही अनुसारको सुरक्षा व्यवस्था मजबुत बनाइएको बताए ।

उनले जिल्ला सुरक्षा समितिले रात्रीकालिन समयमा मनोरञ्जनात्मक व्यवसायहरुको लागि विभिन्न समय तोकेर खुला राखेको स्थिति रहेपनि अब सबै किसिमका व्यवसायहरु सञ्चालन गर्नेगरी बजार नै खुला राख्ने बताए ।

व्यवसाय सञ्चालनका लागि पूर्ण समय व्यवसाय सञ्चालन गर्ने सम्बन्धी आचारसंहीता तथा मापदण्ड, २०८० स्वीकृत गरेको बताए । उनले आचारसंहीतामा व्यवसायीहरुको पालना गर्नुपर्ने आचारसंहीता, उपभोक्ताहरुले पालना गर्नुपर्ने आचारसंहीता, त्यहाँ कार्यरत श्रमीकहरुले पालना गर्नुपर्ने आचारसंहीता, स्थानीय बासिन्दाहरुको अधिकार र दायित्व र सुरक्षा संयन्त्रले सुरक्षा प्रदान गर्नका लागि अवलम्वन गर्नुपर्ने विधि, प्रक्रियाहरु उल्लेख गरिएको बताए ।

विशेष सुरक्षा योजना भित्र पर्यटक प्रहरीलाई अझै व्यवस्थित बनाइने उनको भनाइ छ । ठमेल क्षेत्रभित्र व्यवसायिक मात्रै नभई स्थानीयहरुको बसोवास रहेको क्षेत्र पनि भएकाले स्थानीय बासिन्दाहरुको अवसरलाई समेत असर नपर्नेगरी व्यवस्था मिलाइएको उनी बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर