नेपालद्वारा मलेसिया ५ विकेटले पराजित

एसिसि प्रिमियर कप २०२४ अन्तर्गत आफ्नो पहिलो खेलमा नेपालले मलेसियालाई ५ विकेटले पराजित गरेको छ । मलेसियाले दिएको १४४ रनको मध्यम लक्ष्य नेपालले १९.२ ओभरमा ५ विकेट गुमाएर भेट्टाएको हो । नेपालका लागि कुशल भुर्तेलले २४, आसिफ शेखले ३२, रोहित पौडेलले २८, दीपेन्द्रसिंह ऐरीले २० र गुल्सन झाले १९ रन बनाए ।

ओमानको अल अमेरत क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ रोजेको मलेसियाले निर्धारित २० ओभरमा तीन विकेट गुमाउँदै एक सय ४३ रनको योगफल बनायो । मलेसियाका लागि कप्तान विरनदिप सिंहले सर्वाधिक ७२ रन बनाए । उनले ५७ बल खेल्ने क्रममा चार छक्का र चार चौका हाने । यस्तै शविम मुनिआन्डीले ३३ बलमा दुई छक्का र तीन चौकाको मद्दतमा ४१ रन जोडे । मुहम्मद आमिरले १८ बलमा १६ रन बनाए ।

बलिङतर्फ नेपालका लागि दीपेन्द्रसिंह ऐरीले दुई तथा अभिनाश बोहोराले एक विकेट लिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर