कर छलेर ल्याइएका ६ लाखका सामान बरामद

उदयपुर जिल्लाको त्रियुगा नगरपालिका ४ सालघारीमा जलजले हुँदै कर छलेर ल्याइएका ६ लाख मूल्य बराबरका सामान बरामद गरिएको छ । जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार शुक्रबार दिउँसो त्रियुगा नगरपालिकाको जलजले क्षेत्रमा सार्वजानिक यातायातका साधनमा जाँच गर्दा ती सामग्री बरामद गरिएको हो ।

बरामद गरिएका सामानमा २० कार्टुन तेल, १० बोरा भुजिया, छ बोरा हरियो मटर, सात बोरा मसुरो दाल आठ बोरा चिनीलगायत छन् । ती सामग्री सुनसरीस्थित आन्तरिक राजस्व कार्यलय पठाइएको जिल्ला प्रहरी कार्यालयका प्रमुख रमेश थापाले बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर