नेपाली सेनाका पौडेललाई बेलायतमा स्यान्डहर्स्ट मेडल

नेपाली सेनाका अधिकृत कल्याण पौडेलले बेलायतमा स्यान्डहर्स्ट मेडल पाएका छन् ।

रोयल मिलिटरी एकेडेमी स्यान्डहस्र्टका कमाण्डेन्ट मेजर जनरल ज्याक स्टेनिङ, ओबीईले यही अप्रिल १० मा पौडेललाई स्यान्डहर्स्ट पदकले सम्मानित गरेका हुन् ।

कमिसनिङ कोर्स सफलतापूर्वक पास गर्ने अन्तर्राष्ट्रिय क्याडेटहरूलाई यो पदक प्रदान गरिन्छ । नेपाली सेनाले सन् १९५२ देखि स्यान्डहस्र्टमा अफिसर क्याडेट पठाउँदै आएको छ । बेलायतको रक्षा मन्त्रालयले यो पदकलाई अनुमति दिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर