जनकपुरधाम सांस्कृतिक महोत्सवको दोस्रो संस्करण आयोजना

भारतीय राजदूतावास, काठमाडौँस्थित स्वामी विवेकानन्द सांस्कृतिक केन्द्र, भारतको महावाणिज्य दूतावास,वीरगन्ज र बीपी कोइराला भारत–नेपाल फाउन्डेसनले नेपाली नयाँ वर्षको अवसर पारेर शनिबार जनकपुरधाम सांस्कृतिक महोत्सवको दोस्रो संस्करणको आयोजना गरेको छ ।

मधेस प्रदेशका मुख्यमन्त्री सरोज कुमार यादवले प्रमुख अतिथिको रूपमा महोत्सवको पहिलो सत्रको उद्घाटन गरेका थिए । कार्यक्रमको पहिलो सत्रमा हरिवंश झाले ‘जानकी लीला’ मा महत्त्वपूर्ण व्याख्यान प्रस्तुत गरेका थिए । कार्यक्रममा सारीका साथै भारत र नेपालका किल्लाहरूको प्रदर्शनी र चर्चित सेफ सन्तोष साहद्वारा प्रस्तुत मैथिली फुड फेस्टिभल पनि समावेश थियो ।

कार्यक्रमको दोस्रो सत्रमा स्वामी विवेकानन्द सांस्कृतिक केन्द्रका गुरु तथा कलाकारले भगवान् राम र सीताको जीवनीमा आधारित भजनको साङ्गीतिक प्रस्तुति प्रस्तुत गरेका थिए । दोस्रो सत्रको विशेष आकर्षण प्रसिद्ध नेपाली गायिका मेनुका पौडेलको प्रस्तुती रहेको थियो । मेनुका पौडेल इन्डियन आइडल २०२४ को उत्कृष्ट १० मा पर्न सफल भएकी थिइन् ।

जनकपुरधाम उपमहानगरपालिकाका मेयर मनोजकुमार साहले साँझको सांस्कृतिक कार्यक्रममा प्रमुख अतिथिको रूपमा उपस्थिति जनाएका थिए । सो महोत्सवमा मधेस प्रदेशका प्रदेश सभा सदस्य, प्रतिष्ठित व्यक्तित्व र सञ्चारकर्मीहरूको सहभागिता रहेको थियो साथै दर्शकहरूको बाक्लो उपस्थिति रहेको थियो ।

दुई देशका कला, संस्कृति तथा चाडपर्वको साझा परम्परा झल्किने भारत र नेपालको साझा सांस्कृतिक सम्पदालाई जनकपुरधाम सांस्कृतिक महोत्सवको दोस्रो संस्करणले उजागर गरेकाे थियो । जनकपुरधाम सांस्कृतिक महोत्सवको पहिलो संस्करण सन् २०२३ अप्रिलमा आयोजना गरिएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर