धनुषामा खेतमा महिलाको शव फेला

धनुषाको सहिदनगर नगरपालिका–४ स्थित गहुँखेतमा महिलाको शव फेला परेको छ । प्रहरीका अनुसार हंसपुर–७ बस्ने ५५ वर्षीया शुभदेवी मण्डल मृत फेला परेकी हुन् ।

धनुषाका डिएसपी रञ्जन अवालेका अनुसार मृतकको शरीरमा चोटपटक लागेको देखिएको छ । घटनाको अनुसन्धानका लागि प्रहरीले तालिमप्राप्त कुुकुर परिचालन गरेको छ ।

मण्डलको हत्या भएको हुनसक्ने प्रहरीले प्रारम्भिक अनुमान गरेको छ । उनी सहिदनगरस्थित माइत आएकी थिइन् । उनी शनिबार बेलुकीदेखि हराएपछि परिवारले खोजी गर्ने क्रममा मण्डलको शव फेला परेको थियो । त्यसपछि प्रहरीलाई खबर गरेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *