सुदूरपश्चिम मुख्यमन्त्रीमा नागरिक उन्मुक्तिकै अर्का नेता कैलाशको दाबी पेस

सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नागरिक उन्मुक्तिका पार्टीका अर्का सांसद कैलाश चौधरीले पनि दाबी पेश गरेका छन् । प्रदेश प्रमुख नजिर मियासमक्ष दाबी पेस गर्दै उनले आफूलाई एमाले, माओवादी र स्वतन्त्र सांसद तारा जोशीको समर्थन रहेको जनाएका छन् ।

सुदूरपश्चिम प्रदेशसभामा एमालेका १० र माओवादी केन्द्रका सभामुखसहित ११ सांसद छन् । ५३ सदस्यीय प्रदेशसभामा हाल ५१ सदस्य कायम छन् । सरकार गठनका लागि २६ सांसदको समर्थन चाहिन्छ ।

नागरिक उन्मुक्तिकै लक्ष्मणकिशोर चौधरीले पनि मुख्यमन्त्रीमा दाबी गरेका छन् । उनी पार्टी संरक्षक रेशम चौधरी पक्षधर हुन् भने कैलाश पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठ पक्षधर हुन् ।

नागरिक उन्मुक्तिका दुवै उम्मेदवारलाई अन्य पार्टीको समर्थन भए पनि आफ्नै पार्टीमा सर्वसम्मत हुनुपर्ने देखिएको छ । लक्ष्मणकिशोरको पक्षमा कांग्रेसका १८, एकीकृत समाजवादीका ४ जना सांसद छन् ।

प्रदेश प्रमुख नजिर मियाले अर्को पक्षले पनि मुख्यमन्त्रीमा दाबी पेश गरेकाले कानुनी परामर्शपछि निर्णय गर्ने जवाफ दिएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *