सरकारको प्रारम्भिक कामकारबाही सकारात्मक छ : एमाले

सत्तारुढ प्रमुख घटक नेकपा (एमाले) ले सरकारका प्रारम्भिक कामकारबाही सकारात्मक रहेको बताएका छन् ।

पार्टी मुख्यालय च्यासलमा आईतवार अपरान्ह बसेको पार्टीको केन्द्रिय सचिवालय बैठकमा नेताहरुले सरकारको प्रारम्भिक कामकारबाही सकारात्मक रहेको निष्कर्ष निकालेका हुन् । बैठकले जनतामा अझ विश्वास जगाउने गरी काम गर्न पनि सरकारलाई सुझाव दिइएको पार्टीका उपमहासचिव प्रदीप ज्ञवालीले बताए । उनले अहिलेको निराशालाई चिर्दै देशलाई बनाउन सकिन्छ भन्ने विश्वास जगाउने गरी सरकारलाई अगाढि बढाउने कुरामा एमाले केन्द्रित रहेको दाबी समेत गरे ।

उपमहासचिव ज्ञवालीले भने, ‘हामीले संक्षेपमा पछिल्लो राजनीतिक परिस्थितिको बारेमा पनि चर्चा गरेका छौ । गएको फागुन २१ गते नयाँ सत्ता समिकरण प्रारम्भ भएको छ । समग्रमा यो सकारात्मक छ । यसले देश जसरी बहुआयामिक समस्यामा फस्दै गएको थियो । त्यहाँबाट सही दिशातिर ल्याउन सफल भएको छ ।’

एमालेले आफू नेतृत्वको नयाँ सत्ता समिकरणले देशलाई सही बाटोमा ल्याएको र विकास, निर्माणको कामलाई तिब्रताका साथ अघि बढाउने जिकिर गर्दै आएको छ ।

उपमहासचिव ज्ञवालीले भने, ‘आजको बैठकको मुख्य एजेण्डाचाहीँ यही वैशाख ८ र ९ गते गर्न लागिएको महाधिवेशन प्रतिनिधि परिषदको पहिलो बैठकको एजेण्डाहरुबारे छलफल भयो । सो परिषद्को बैठक हामीले सनराईज हल गोदावरीबाट २०८१ साल वैशाख ८ गते बिहान ११ बजे शुरु हुनेछ ।’

त्यसैगरी सचिवालय बैठकले नेपाल कम्युनिष्ट पार्टी स्थापनाको ७५ औं वर्ष पूरा गरेको उपलक्ष्यमा प्रमुख राजनीतिक दलहरुको सहभागितामा विशेष कार्यक्रम पनि वैशाख २० गते आयोजना गर्दैछ । त्यसमा प्रमुख राजनीतिक दलका नेताहरुले सम्बोधन गर्ने र कम्युनिष्ट पार्टीका मुख्यमुख्य गतिविधि समावेश गरेर बनाइएको डकुमेन्ट्री पनि प्रस्तुत हुने उपमहासचिव ज्ञवालीले बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर