पेस्तोल र गोलीसहित एक जना पक्राउ

भोजुपुरको षडानन्द नगरपालिका–९ स्थित जंगलबाट पेस्तोल १ थान, गोली ११ राउण्ड, म्यागजिन १ थान, सुन जस्तो देखिने पहेलो धातुको गहना मारवाडी २ थान, सिक्री १ थान, वेरूवा औँठी १ थान र नगद ९ हजार ५० रूपैयाँसहित टेम्केमैयुम गाउँपालिका–१ घर बताउने ३७ वर्षीय सुमन परियारलाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

परियारले स्थानियलाई पेस्तोल ताकेको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय दिङलाबाट खटिएको प्रहरीले उनलाई उक्त हातहतियारसहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *