वैवाहिक बलात्कारमा दोषी ठहर पूर्वन्यायाधीश गिरी जेल चलान

वैवाहिक बलात्कार कसुरमा दोषी ठहर भएका पूर्वन्यायाधीश भुवन गिरी जेल चलान भएका छन् ।

उनले जिल्ला अदालत काठमाडौंमा आत्मसमर्पण गरेका थिए । गिरीलाई धरौटीमा छाड्ने जिल्ला र उच्च अदालतको आदेश सर्वोच्च अदालतले बदर गरेको थियो । सर्वोच्चका न्यायाधीशहरू हरि फुँयाल र तिलप्रसाद श्रेष्ठको इजलासले गत चैत २१ मा गिरीलाई जेल चलान गर्न आदेश दिएको थियो ।

तर गिरी पक्राउ नपरेपछि उनकी पत्नी आरती रावलले गिरीले आफूमाथि घरेलु हिंसा, यौनशोषण र अप्राकृतिक मैथुन गरेको भन्दै उजुरी दिएकी थिइन् । गिरीलाई कारबाहीको माग गर्दै उनी लामो समयदेखि अनशन पनि बस्दै आएकी थिइन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर