माओवादीमा फर्किनु साथीहरूको ‘ह्याङओभर’ मात्रै : लामिछाने

नेपाल समाजवादी पार्टीका नेता विश्वदीप पाण्डेले पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईको साथ छोडेपछि उनका पूर्वसहकर्मीले ‘ह्याङ् ओभर’ को संज्ञा दिएका छन् ।

पाण्डेका पूर्वसहकर्मी प्रशान्त लामिछानेले फेसवुकमा एक स्ट्याटस लेख्दै माओवादीको औचित्य गणतन्त्रको स्थापना पछि सकिएको बताउँदै पुराना कुनै दलमा पुनः समाहित हुनुको अर्थ नभएको प्रष्ट पारेका छन् ।

‘त्यो औचित्यहीन गन्तव्य पुनः तय गर्नु साथीहरूको दूरदशिता होइन, ‘ह्याङ ओभर’ मात्र हो,’ लामिछानेले थपेका छन् । पाण्डे नेकपा माओवादी केन्द्रमा फर्किएलगत्तै उनको यस्तो टिप्पणी आएको हो ।

‘देशले नयाँ राजनीतिक कोर्ष खोजिरहेको छ, त्यसका लागि नयाँ प्रयासहरू भइरहेका छन्। म यी प्रयासहरूको शुभचिन्तक हुँ,’ लामिछानेले फेसवुकमा लेखेका छन् । डा. भट्टराई प्रधानमन्त्री हुँदा पाण्डे स्वकीय सचिव थिए भने लामिछाने प्रेस संयोजक थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *