एसले कांग्रेससँग मिलेर सत्ता समीकरण असफल बनाउन खोजेको ओलीको आरोप

सत्तारुढ प्रमुख घटक एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सत्ता गठबन्धनलाई कमजोर बनाउने कदम चालेको भन्दै नेकपा एकीकृत समाजवादी पार्टीप्रति आपत्ति जनाएका छन् ।

सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री बनाउने बेलामा कांग्रेस निकट भएमात्रै नागरिक उन्मुक्ति पार्टीलाई मुख्यमन्त्रीमा सहयोग गर्न सकिने भननी माधवकुमार नेपाल नेतृत्वको नेकपा एसले चालेको कदम अराजनीतिक प्रवृत्तिको भएको भन्दै ओलीले आक्रोश व्यक्त गरेका हुन् ।

सोमबार पार्टी संसदीय दलको बैठकमा उनले कांग्रेस नजिक भएर सत्ता समीकरणलाई कमजोर बनाउने र यसलाई असफल बनाउन नेकपा एसले अराजनीतिक निर्णय लिएको आरोप समेत लगाए ।

कम्युनिष्ट साईनबोर्ड राख्ने, नेकपा राख्ने अगाडि र काम अरुको हितमा गर्ने र समाजवादको पक्षधरहरुलाई कमजोर पार्ने खालको भूमिका नेकपा एसको देखिए पनि आफ्नो पार्टी समाजवाद प्राप्त गर्ने लक्ष्यका साथ मिसन २०८४ लाई सफल पार्न लागि रहने उनको भनाइ थियो ।
‘अराजनीतिक प्रवृत्ति बहुतै हावी भएको छ । हिजो मात्रै एस भन्ने पार्टी छ एउटा । त्यस पार्टीले हामीसँग हुँदा पहिलो कार्यकाल नागरिक उन्मुक्तिलाई दिन नसक्ने, हामी भन्दा पृथक् हुने हो भने अर्को गुटबाट जाने र कांग्रेससँग नजिक भएर कांग्रेसलाई जिताउने हिसाबले जाने हो भने यो समीकरणलाई कमजोर बनाउने, यसलाई असफल बनाउने हो भने नागरिक उन्मुक्तिलाई पहिलो कार्यकाल दिन पनि सहमत हुने । अथवा निःशुल्क सेवा पनि नागरिक उन्मुक्तिको गर्नसक्ने भनेर हिजो मात्रै प्रधानमन्त्रीको दाबी गर्ने, मुख्यमन्त्रीको दाबी गर्नेकुरा थियो सुदूरपश्चिममा,’ उनले भने ।
अध्यक्ष ओलीले नेकपा एमालेको ध्यान आगामी निर्वाचनमा बलियो राजनीतिक शक्तिको रुपमा स्थापित हुने रहेकाले त्यसलाई सफल बनाउन लागिपर्ने बताउनु बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *