बढुवा भएका सशस्त्र डीआईजीले लगाए दर्ज्यानी चिन्ह

सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले सशस्त्र प्रहरी नायव महानिरीक्षक पदमा पदोन्नती भएका अधिकृतलाई दर्ज्यानी चिन्ह प्रदान गरेका छन् ।

सशस्त्र प्रहरी बरिष्ठ उपरीक्षक दिपक अधिकारी सशस्त्र प्रहरी बल नेपालको सशस्त्र प्रहरी सेवा, साधारण समुह, साधारण उपसमुहतर्फ सशस्त्र प्रहरी नायव महानिरीक्षक पदमा पदोन्नति भएका हुन् ।

समारोहमा सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले बढुवासँगै थप भएको पदीय जिम्मेवारीलाई ईमान्दारीताकासाथ कार्यक्षेत्रमा पूर्ण व्यावसायीकता र बफादारिताकासाथ आगामी दिनहरुमा समेत अझ बढि सक्रिय भई लाग्न निर्देशन दिए ।

महानिरीक्षक अर्यालले राष्ट्र र संगठनले लिएको निर्दिष्ट लक्ष्य प्राप्तीको लागि कार्यक्षेत्रमा परिचालित हुँदा सदैव देश र जनताको लागि खटिएको छु, म जहाँ भएपनि इमान्दारीताकासाथ काम कारवाही गर्नसक्छु र गर्छु भन्ने भावनाका साथ सकारात्मक सोच र इमान्दारीतापूर्वक आफु जिम्मेवार भई मातहत कर्मचारी समेतलाई सोही अनुरुप परिचालन गर्न निर्देशन दिए ।

कार्यक्रममा सशस्त्र प्रहरी परिवार महिला संघकी अध्यक्ष श्रीमती अनिता लामिछाने अर्याल, सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षकहरु नारायणदत्त पौडेल, चन्द्र प्रकाश गौतम र बंशीराज दाहाल लगायत सशस्त्र प्रहरी बल नेपालका बरिष्ठ अधिकृत र अधिकृतहरुको समेत उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर