प्रहरीका दुई डीआईजी एआईजीमा बढुवा सिफारिस

नेपाल प्रहरीका दुई जना प्रहरी नायव महानिरीक्षक (डीआईजी) प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी)मा बढुवा सिफारिस भएका छन् । बढुवा समिति सचिवालयले सोमबार उनीहरूलाई बढुवाका लागि सिफारिस गरेको हो ।

गृह सचिव एकनारायण अर्यालकाे अध्यक्षतामा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव र प्रहरी महानिरीक्षक (आईजीपी) सदस्य सचिव रहेको समितिले उमेश राज जोशी र भीमप्रसाद ढकाललाई बढुवा गर्न सिफारिस गरेको हो । जोशी राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगन्ज र प्रवक्तासमेत रहेका ढकाल नेपाल प्रहरी प्रधान कार्यालयको आईजीपी सचिवालयमा कार्यरत छन् ।

नेपाल प्रहरीका अतिरिक्त महानिरीक्षक (एआईजी) द्वय सन्दीप भण्डारी र मिरा चौधरी उमेर हदका कारण अनिवार्य अवकाशमा जाँदै छन् । भण्डारी बुधवार (भोली) र चौधरी ७ गतेदेखि अवकाश हुँदै छन् । भण्डारी राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानमा कार्यरत छन् भने चौधरी प्रशासन विभागमा कार्यरत छिन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर