सशस्त्र प्रहरीद्वारा २ सय ७२ किलो गाँजासहित कन्टेनर र चालक नियन्त्रणमा

रुपन्देही जिल्लाको रोहिणी गाउँपालिका–१ स्थित हुलाकी सडकखण्ड अन्तर्गत बाईपास इलाकाबाट बैशाख ४ गते २ सय ७२ किलो ३३ ग्राम गाँजसहित एउटा कन्टेनर र चालकलाई सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ ।

नेपालबाट भारततर्फ जाँदै गरेको यूपी ७८ बीटी ८२९७ भारतीय नम्बरको कन्टेनरलाई बिशेष सूचनाको आधारमा जाँच गर्दा चालकको सिटमाथि फल्स बटम बनाई लुकाइ छिपाई लैजाँदै गरेको गाँजा फेला परेको हो ।

नं. २७ गण रुपन्देहीबाट सशस्त्र प्रहरी उपरीक्षक आनन्द थापामगरको कमाण्डमा खटिएको टोलीले गाँजा फेला पारेपछि कन्टेनर र चालक भारत घर भएका ३६ बर्षिय सतनम सिंहलाई नियन्त्रणमा लिएको हो ।

नियन्त्रणमा लिइएका सिंहलाई बरामद गाँजा र ट्रकसहित आवश्यक कारवाहीको लागि जिल्ला प्रहरी कार्यालय भैरहवामा बुझाइएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर