
साहित्यकार प्रकट पंगेनीको निधन

साहित्यकार तथा गीतकार प्रकट पंगेनीको निधन भएको छ । ६८ वर्षीय पंगेनीको मणिपाल शिक्षण अस्पतालमा उपचारको क्रममा मंगलबार निधन भएको हो ।
निमोनियाका कारण स्वास्थ्यमा गम्भीर समस्या देखिएपछि उनलाइ अस्पताल भर्ना गरिएको थियो ।
बुधबार दिउँसो सवा १२ बजे मणिपाल शिक्षण अस्पतालबाट शवयात्रासहित सेती नदीको फूलबारी घाटमा पगेनीको दाहसंस्कार गरिने भएको छ।
पोखरामा रहेर गीत र गजललाई प्रमुख विधाका रूपमा पंगेनीका ‘यो मन कतै अल्झेको छ’ र ‘जूनको चिठी जुना’ लाई गरी दुई गीत संग्रह प्रकाशित छन् । यसबाहेक प्रणयवेदका ऋचाहरू (गजल संग्रह) र अक्षरभरि अक्षता (कविता संग्रह) उनका प्रकाशित कृतिहरू हुन् चर्चित छन् ।
- यस्तो छ माधव नेपालले प्रधानमन्त्रीलाई बुझाएको मागपत्र (पूर्णपाठ)
- नेपालको आर्थिक वृद्धिदर ४.६१ प्रतिशत, प्रतिव्यक्ति आय १ हजार ५ सय १७ हुने अनुमान
- हृदयेन्द्रलाई प्रधानमन्त्रीको सुझाव– कला क्षेत्रमा लागे राम्रै हुन्छ, राजा हुने सपना देखे सपनामै जिन्दगी जाला
- रेशम चौधरीको पक्राउ सामान्य त्रुटी मात्रै होइन : सीके राउत
प्रतिक्रिया