
प्रधान सेनापति शर्मा र भारतीय लेफ्टिनेन्ट जनरल नायरबिच भेटवार्ता


भारतीय लेफ्टिनेन्ट जनरल प्रदीप चन्द्रन नायरले प्रधान सेनापति प्रभुराम शर्मासँग भेट गरेका छन् । भेटका क्रममा द्विपक्षीय सैनिक सम्बन्ध सुदृढ गर्ने विषयमा छलफल भएको नेपाली सेनाले जनाएको छ ।
जनरल नायरको भ्रमणका क्रममा भएको यो छलफलले दुई मुलुकबिचको सैन्य सम्पर्कलाई थप बलियो र सुदृढ बनाउने विश्वास लिइएको छ ।
दुवै देशका सेनाहरूबिच लामो समयदेखि नै राम्रो सम्बन्ध रहिआएको छ भने यो जङ्गी अड्डामा भएको यो भेटले उक्त सम्बन्धलाई थप मजबुत बनाउने विश्वास लिइएको छ ।
- विकासको गतिमा देश अगाडि बढेको छ : प्रधानमन्त्री
- मन्त्रालय र प्राधिकरणबीचको विवादबाट नेपालसंग पर्याप्त बिजुली नभएको स्पष्ट भयो : इप्पान
- सार्वजनिक सेवा प्रवाहसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक बहुमतले पारित
- सांसद चन्दको प्रश्न- शहीद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको विधेयक कता हरायो
प्रतिक्रिया