युक्रेनमा ५० हजारभन्दा बढी रुसी सैनिक मारिएको पुष्टि

युक्रेनमा ५० हजारभन्दा बढी रुसी सैनिक मारिएको पुष्टि भएको बीबीसीले दाबी गरेको छ । बीबीसी रुसी सेवा र रुसी स्वतन्त्र सञ्चारमाध्यम मिडियाजोना र केही स्वयंसेवकहरूको तथ्यांक संकलन र विश्लेषणबाट उक्त संख्यामा रुसी सेनाको मृत्यु पुष्टि भएको दाबी गरिएको हो ।

बीबीसीका अनुसार फेब्रुअरी २०२२ देखि तथ्यांक संकलनको काम भइरहेको थियो । युद्ध सुरु भएदेखि नै बीबीसी र मिडियाजोनका लागि काम गर्ने स्वयंसेवकले ७० वटा चिहानघरमा खनिने नयाँ चिहानको संख्या गनिरहेका थिए ।

रुस–युक्रेन युद्धको पहिलो वर्षभन्दा दोस्रो वर्षमा धेरै रुसी सेना मारिएको पनि समाचारमा उल्लेख छ । हानघरहरूमा थपिएका नयाँ चिहानहरूबाट पनि धेरै सैनिकहरूको नाम पत्ता लगाउन सफल भएको बीबीसीको दाबी छ ।

बीबीसीले लेखेको छ, ‘हाम्रो टिमले युद्धमा मारिने सैनिकको संख्या पत्ता लगाउन आधिकारिक रिपोर्ट, स्वतन्त्र रूपमा उपलब्ध सूचना, समाचारपत्र र समाजिक सञ्जालमा उपलब्ध सूचना अध्ययन गरेको थियो ।’

दोस्रो वर्षमा अघिल्लो वर्षमा भन्दा २५ प्रतिशत बढी रुसी सैनिक मारिएको भन्दै बीबीसीले लेखेको छ, ‘हाम्रो खोजबाट युक्रेनमा युद्धको दोस्रो वर्षमा २७ हजार ३ सय रुसी सैनिकले ज्यान गुमाएको पुष्टि भएको छ । यसबाट पनि यो थाहा हुन्छ कि रुसले भौगोलिक फाइदाका लागि कति ठूलो मानवीय क्षति बेहोरिरहेको छ ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर