सुन तस्करी प्रकरणमा फरार चलाउनेविरुद्ध डिफ्युजन नोटिस

सुन तस्करी प्रकरणमा फरार रहेका जीवन चलाउनेविरुद्ध डिफ्युजन नोटिस जारी भएको छ । नेपाल प्रहरीले अन्तर्राष्ट्रिय संगठन इन्टरपोललाई चलाउनेविरुद्ध डिफ्युजन नोटिस जारी गर्न अनुरोध गरेको थियो ।

ब्रेक प्याडभित्र लुकाएर ६० किलो सुन तस्करी गरेको प्रकरणमा सरकारी वकिलको कार्यालयले चलाउनेसहित २९ जनाविरूद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेको थियो ।

कलैया उपमहानगर–१ बस्ने भोला साह सोनार, बर्दिया घर भई काठमाडौं चुनदेवी बस्ने जीवन चलाउने र रोल्पा घर भई ठमेलमा भियना होटल सञ्चालन गर्दै आएकी अमला रोका फरार छन् । २६ जनालाई भने प्रहरीले हिरासतमा लिएको थियो ।

सबै आरोपितहरूविरूद्ध सुन तस्करी गरेकामा ३ अर्ब ५० करोड २ लाख रूपैयाँ, ब्रेक प्याडको भन्सारसमेत जोडेर थप २८ लाख ७५ हजार रूपैयाँ गरी कुल बिगो ३ अर्ब ५० करोड ३० लाख रूपैयाँ कायम गरिएको अभियोगपत्रमा उल्लेख छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर