अल्पमत भयो भन्दैमा कुर्सी छोडेर हिँड्ने भन्ने हुँदैन, प्रक्रिया पूरा गर्नुपर्छ : उद्धव थापा

कोशी प्रदेशमा नेपाली कांग्रेसका संसदीय दलका नेता उद्धव थापाले बहुमत पक्षले सरकार चलाउने बताएका छन् । बिहीबार प्रदेशसभा परिसरमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले अल्पमत, बहुमत हुनु स्वाभाविक भएको बताउँदै संसारको मूल्यमान्यताअनुसार बहुमतले शासन गर्ने र अल्पमतले प्रतिपक्षमा बस्ने भएको बताए ।

उनले अल्पमत भयो भन्दैमा कुर्सी छोडेर हिँड्ने भन्ने नहुने पनि बताए । उनले विधि र पक्रिया पूरा गर्ने बाटोबाट कांग्रेस अघि बढ्ने जनाए ।

कोशी प्रदेशमा नयाँ सत्ता समीकरणसँगै नेकपा एमाले र नेकपा (माओवादी केन्द्र) ले समर्थन फिर्ता लिएपछि नेपाली कांग्रेसको तर्फबाट मुख्यमन्त्री बनेका केदार कार्की अल्पमतमा परेका छन् । उनले आफू संविधानको धारा ५ अनुसार मुख्यमन्त्री बनेको भन्दै आफूलाई समर्थन गर्नुको विकल्प नरहेको दाबी गरेका छन् । आफूले विश्वासको मत लिनुनपर्ने र राजीनामा पनि नदिने अडान लिइरहेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर