आशिषले तोडे ३६ वर्षअघिको कीर्तिमान

सुदूरपश्चिम प्रदेशका आशिष महरले १४औँ केन्द्रीय राष्ट्रपति रनिङ शिल्डअन्तर्गत छात्र ट्रिपल जम्पमा ३६ वर्ष अगाडिको राष्ट्रिय कीर्तिमान तोडेका छन् ।

उनले १४.१९ मिटर जम्प गर्दै ३६ वर्षअघिको जुनियर राष्ट्रिय कीर्तिमान भंग गर्दै स्वर्ण जितेका हुन् । राष्ट्रिय खेलकुद परिषद् (राखेप) द्वारा आयोजित १४औँ संस्करणमा अन्तिम दिन बिहीवार एथलेटिक्समा तीन वटा नयाँ जुनियर राष्ट्रिय कीर्तिमान कायम भएको हो ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सम्पन्न एथलेटिक्समा कुल २६ स्वर्णका लागि प्रतिस्पर्धा भएको थियो । बिहीबार सुदूरपश्चिम प्रदेशका आशिष महरले छात्र ट्रिपलजम्पमा १४.१९ मिटर जम्प गर्दै ३६ वर्षअघिको जुनियर राष्ट्रिय कीर्तिमान भंग गरी स्वर्ण जिते । आशिषले २०४४ सालमा धनवीर चौधरीले बनाएको १४.०६ मिटरको कीर्तिमान तोडेका हुन् ।

प्रतियोयगितास्थलमै रहेका धनवीरले आशिषलाई प्रोत्साहन स्वरुप नगद पनि प्रदान गरेका थिए । वाग्मती प्रदेशका विशाल गुरुङ दोश्रो तथा लुम्बिनी प्रदेशका विजय थारु तेश्रो भए । सो स्पर्धाको छात्रामा लुम्बिनीकी अनिशा थारु पहिलो भइन् । अनिशाले १०.५७ मिटर जम्प गरिन् । सुदूरपश्चिमकी रेनुका ऐर दोश्रो तथा वाग्मतीकी अपेक्षा महतो तेश्रो भए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर