दाहाल, ओली र रविबीच भेट : राजनीतिक घटनाक्रमबारे समीक्षा

प्रधानमन्त्री पुष्पकमल दाहाल, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेबीच भेटवार्ता भएको छ ।

बिहीवार प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय सिंहदरबारमा तीन नेताहरुबीच भेटवर्ता भएको हो । भेटका क्रममा समसामयिक राजनीतिका साथै लगानी सम्मेलनबारे समीक्षा गरिएको उपप्रधान एवं गृहमन्त्री लामिछानेले बताए । उनले तीन नेताहरुबीच भेट नभएको लामो समय भएकाले पछिल्ला घटनाक्रमका बारेमा छलफल भएको बताए ।

उनले भने, ‘सामान्य बैठक हो । हामी तीन जना नै नेताहरु बस्न पाएका थिएनौँ । भेटघाट भएको थिएन । त्यसले गर्दा यो सम्पूर्ण परिस्थिति र राजनीतिक परिस्थितिको छलफल र समीक्षा गर्न बैठक बसेका हौँ । सुदूरपीश्चममा एउटा समझदारीमा गइसकेको कुरा हो । त्यसमा कहिले कहीँ पात्रको विषयलाई लिएर छलफल भएको हो । हाम्रो सहभागिता नभएकाले मेरो मत खासै रहेन । प्रदेशमा केही हुँदा केन्द्रमा केही हुँदैन । सामान्य छलफल हुन् । म यहीँ थिएँ, त्यसपछि ओलीजी आउनुभयो । सामान्य छलफल गर्न हो, एजेण्डागत होइन । शिर्ष नेताबीच निरन्तर छलफल भइराख्छ । लगानी सम्मेलन कुरा छन्, अन्य राजनीतिक कुरा छन्, त्यसको समीक्षा गरिएको हो ।’

उनले प्रदेशका समस्याले संघ सरकारमा कुनै समस्या नपर्ने बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर