![Pardafas.com](https://www.pardafas.com/wp-content/uploads/2022/06/pardafas-logo.png)
सोडारीलाई नाउपाको समर्थन नरहेको भन्दै ५ सांसदले प्रदेश प्रमुखलाई बुझाए पत्र
![clock](https://www.pardafas.com/wp-content/themes/pardafas/assets/img/clock-icon.png)
![सोडारीलाई नाउपाको समर्थन नरहेको भन्दै ५ सांसदले प्रदेश प्रमुखलाई बुझाए पत्र](https://www.pardafas.com/wp-content/uploads/2024/04/sudur-1.jpg)
नागरिक उन्मुक्ति पार्टी (नाउपा) का सुदूरपश्चिम प्रदेशका पाँच सांसदहरूले दीर्घ सोडारीलाई आफुहरुको समर्थन नरहेको बताएका छन् । प्रदेश प्रमुख नजिर मियाँलाई एक पत्र बुझाउदै नाउपाका पाँच सांसदले आफुहरुको सोडारीलाई समर्थन नरहेको जानकारी गराएका हुन् ।
पत्रमा उनीहरुले सोडारीले मुख्यमन्त्रीमा दाबी पेस गर्दा नाउपाका कैलाश चौधरी र टिका थापाको हस्ताक्षर प्रयोग गरेको बन्दै यो गैरसंवैधानिक, गैरकानुनी भएको स्पष्ट गरेका छन् । पत्रमा सुदूरपश्चिममा नाउपाको संसदीय दलको नेता घनश्याम चौधरी रहेको भन्दै दुई सांसदको हस्ताक्षर मान्य नहुने बताएका छन् ।
पत्रमा लक्ष्मणकिशोर चौधरी, घनश्याम चौधरी, इन्दिरा गिरी, रामेश्वर चौधरी, खुसीराम चौधरीले हस्ताक्षर गरेका छन् ।
उनीहरू पाँचैजना नाउपाका संरक्षक रेशम चौधरी निकट हुन् । नाउपा भित्रको विवादका बीच आजै प्रदेश प्रमुख मियाँले सोडारीलाई मुख्यमन्त्रीमा नियुक्त गरिसकेका छन् ।
![](https://www.meronews.com/content/static/2024/04/Naupa.jpg-2-745x1024.jpg)
प्रतिक्रिया