पोखरामा हराएको १७ लाख रुपैयाँ यसरी भेट्टियो

पोखरामा बैंक जम्मा गर्न झोलामा राखेर लगिएको १७ लाख रुपैयाँ खसेर हराएकोमा फेला पारी सम्बन्धित व्यक्तिलाई बुझाइएको छ ।

आज दिउँसो अन्दाजी १:३० बजे कास्की पोखरा महानगरपालिका वडा नं. ८ पृथ्वीचोक स्थित रहेको माता श्री ज्वैलर्सबाट सोही ज्वैलर्समा काम गर्ने कालिगढ ४३ वर्षीय मनोहर पवँरले पैसा बोकेर पोखरा-९ नयाँबजार स्थित कृषि विकास बैंकमा नगद जम्मा गर्न भनी गएका थिए । जाने क्रममा मोटरसाइकलको लेगगार्डमा कालो रंगको झोलाभित्र राखेको सत्र लाख रुपैयाँ खसेर हराएको थियो ।

त्यसपछि जिल्ला प्रहरी कार्यालय कास्कीको टोलीले खोजतलास गर्दै जाँदा भारत घर भई हाल जिल्ला कास्की पोखरा-३ पालिखे चोक बस्ने वर्ष ६५ को छोटुलाल शर्माले फेला पारेको भनी प्रहरीलाई जानकारी गराएका थिए । रकम फेला पार्ने छोटुलाल शर्माको रोहबरमा माता श्री ज्वैलर्सका सञ्चालक ४३ का ध्रुव कुमार सुनारलाई बुझाइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर