सिन्धुपाल्चोकमा जन्ती बोकेको बस दुर्घटना : तीनको मृत्यु, ५२ जना घाइते

सिन्धुपाल्चोकमा जन्ती बाेकेकाे बस दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ ।

जिल्लाको त्रिपुरा सुन्दरी गाउँपालिका वडा नम्बर ५ धारावतीमा बस दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको हो। दुर्घटनामा ५२ जना घाइते भएका छन् ।

दोलखाबाट सिन्धुपाल्चोकको पिस्कर जाँदै गरेको बा ४ ख ५६१६ नम्बरको बस आज बिहान सात बजेर २० मिनेटमा दुर्घटना भएको थियो ।

दुर्घटनामा मृत्यु भएकाहरुको सनाखत हुन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जनाएको छ ।

घाइतेहरुलाई उपचारका लागि अस्पताल लगिँदै छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर