सिन्धुपाल्चोक जन्ती बस दुर्घटना : मृतकको पहिचान खुल्यो

सिन्धुपाल्चोकको त्रिपुरासुन्दरी गाउँपालिका पिस्करमा भएको जन्ती बस दुर्घटनामा ज्यान गुमाउने तीनै जनाको सनाखत भएको छ।

दोलखाको भीमेश्वर नगरपालिका–१ सुस्पाबाट गएराति जन्ती लिएर सिन्धुपाल्चोकको त्रिपुरासुन्दरी–५ पिस्करमा रहेको बेहुलीको घरतर्फ आउँदै गरेको बा ४ ख ५६१६ नम्बरको रोल्वालिङ यातायातको बस आज (शुक्रबार) बिहान तौथलीको धारावतीमा दुर्घटनामा परेको थियो। दुर्घटनामा परी तीन जनाको घटनास्थलमै मृत्यु भएको थियो ।

मृत्यु हुनेमा दोलखा भीमेश्वर नगरपालिका १ का मानबहादुर थामी, शिव श्रेष्ठ र दिपेन्द्र थामी रहेको प्रहरीले जनाएको छ ।

दुर्घटनामा घाइते भएका दुलहासहित ५२ जना धुलिखेल अस्पताल र खाडीचौरको सदाबहार अस्पताल लगिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *