धनकुटामा माइक्रोबस दुर्घटना, २१ जना घाइते

काठमाडौंबाट संखुवासभा जाँदै गरेको बा ५ ख ७२४ नम्बरको माइक्रोबस धनकुटामा दुर्घटना हुँदा चालकसहित २१ जना घाइते भएका छन् ।

माइक्रोबस शनिबार बिहान २ बजे धनकुटा नगरपलिका–२ रूद्रबारी दुर्घटना भएको हो । जिल्ला प्रहरी कार्यालय धनकुटाका अनुसार तीव्र गतिका कारण अनियन्त्रित भएर माइक्रोबस दुर्घटना भएको हो । माइक्रोबस घुम्ती सडकबाट अन्दाजी ७५ मिटर तल खसेको छ ।

घाइतेहरुको धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर