लिज्जत पापडः बालस्मृतिदेखि महिला सशक्तीकरणको यो अविस्मरणीय कथा

सात महिलाले ८० रुपैयाँमा सुरु गरेको व्यापार, अहिले १६ सय करोडको कारोबार

‘सात–सात स्वादमे लिज्जत पापड (सात सात स्वादमा लिज्जत पापड) ।’

पापडका पोकाहरु, बीचमा एक महिला अनि यसपछि खरायोहरुले बोलेको लिज्जत पापड ।

त्यसबेला टेलिभिजिनमा भारतको सरकारी दूरदर्शनमात्र रहँदा समाचारको अघिपछि र बेलाबेलामा आउने यो प्रचार सन् ६० को दशकपछिका हामी धेरैले हेरेका छौं । सायद यहाँहरुको स्मृतिमा पनि यो विज्ञापनको सम्झना आयो होला ।

अहिले पनि त्यो पुस्ताका मान्छे हामी पापड भनेपछि लिज्जत नै ठान्छौं । भलै, अहिले बजारमा सयौं थरीका उद्योग र स्वादमा पापड पाइन्छ । हिजो खानाको अभिन्न अंग भएको पापड यतिबेला विभिन्न परिकारमा परिणत भएको छ ।

आज हामी त्यही लिज्जत पापड र त्यो ग्राम उद्योगले महिला सशक्तीकरणमा पु¥याएको अद्भूत योगदानको कथा लिएर आएका छौं ।

यदि मानिसमा केही गर्ने इच्छा छ भने उसले सबै कुरा हासिल गर्न सक्छ । गुजरातका सात महिलाले यस्तै केही गरेका छन्, जसले आफ्नै बलमा करोडौं रुपैयाँको व्यवसाय बनाएका छन् ।

९० को दशकमा मानिसहरूको घरमा कालो र सेतो टेलिभिजन मात्र हुन्थ्यो । त्यतिबेला सबै लोकप्रिय विज्ञापनहरूमध्ये एउटा विज्ञापन थियो, जुन सबैको ओठमा थियो र त्यो विज्ञापन लिज्जत पापडको थियो । लिज्जत पापडको स्वाद जनताको घरघरमा यसरी पुग्यो कि अहिले पनि मानिसको ओठमा छ ।

केही समयमै यो निर्जीव पापड ब्राण्ड बन्यो । गुजरातीमा लिज्जत भनेको स्वाद हो । लिज्जत पापडको कथा निकै रोचक छ । सात जना महिलाले मिलेर कसरी लिज्जत पापडलाई यति ठूलो ब्रान्ड बनाए त ?

मुम्बई निवासी जसवन्ती जमनादासले आफ्ना ६ साथीहरूसँग सन् १९५९ मा पहिलो पटक लिज्जत पापड सुरु गरेकी थिइन् । यो त्यो युग थियो जब महिलाहरूलाई व्यापार वा जागिरका लागि त्यति स्वतन्त्रता थिएन, तर जसवन्तीले साहस जुटाएर लिज्जत पापडको जग बसालिन् ।

यो व्यवसाय सुरु गर्नुको उद्देश्य पैसा कमाउने होइन, बरु यसबाट आफ्नो परिवारको खर्च जुटाउन यी सात महिला चाहन्थे । जसवन्तीसँगै पार्वतीबेन रामदास थोडानी, उजम्बेन नारनदास कुण्डलिया, बानुबेन तन्ना, लगबेन अमृतलाल गोकानी, जयाबेन विठलानीले पापड बनाउने काम थाल्ने निर्णय गरे, उनीसँगै दिवालीबेन लुक्का पनि थिइन्, जसलाई पापड बेच्ने जिम्मेवारी दिइएको थियो ।

यी महिलाले सुरुमा पापडका ४ प्याकेट बनाएर ठूला व्यापारीलाई बेचिन् । त्यसपछि व्यापारीले थप पापड मागे । त्यसपछि यी महिलाको मिहिनेतले फल पायो र दिनरात बिक्री बढ्दै गयो । व्यवसायी छगनलालले मानक पापड बनाउने विचार दिए, जसमा पापडको गुणस्तरमा कुनै पनि हिसाबले सम्झौता नगर्न सल्लाह दिए ।

उनले यी महिलाहरूलाई खाता ह्यान्डलिङ, मार्केटिङ आदिका बारेमा तालिम दिन पनि मद्दत गरे । सात महिलाको यो समूह सहकारी प्रणालीको बनेको छ, जसमा १८ वर्षभन्दा माथिका महिलालाई समावेश गरिएको थियो ।

त्यतिबेला लिज्जत पापड व्यवसायबाट महिलाले एक वर्षमा ६ हजार १९६ रुपैयाँ आम्दानी गरेका थिए । आज कम्पनीको कारोबार १६ सय करोडभन्दा बढी छ । महिला सशक्तीकरणको क्षेत्रमा उदाहरण बसाल्न लिज्जत पापड स्थापना गरेकी जसवंती जमनादासलाई पद्मश्रीबाट सम्मानित गरिएको छ ।

लिज्जत पापडको सहकारी आन्दोलनमा आज ४५ हजारभन्दा बढी महिला छन्, जसले सम्पूर्ण व्यवसाय सञ्चालन गरिरहेका छन् । यी महिलाहरूलाई लिज्जत बहिनी भनिन्छ ।

आज लिज्जत पापडको १७ राज्यमा ८२ शाखा छन् । यो पापड भारतमा मात्र नभई अन्य देशमा पनि बिक्री हुने गरेको छ । लिज्जत पापड बेलायत, हल्याण्ड, फ्रान्स, बहराइन, चीन, हङकङ, थाइल्याण्ड, मलेसिया लगायतका २५ देशमा पनि निकासी हुने गरेको छ । एजेन्सीको सहयोगमा

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर