हङकङविरुद्ध टस जितेर पहिले ब्याटिङ गर्दै नेपाल

एसीसी प्रिमियर कप अन्तर्गत तेस्रो स्थानको खेल सुरु भएको छ । सेमिफाइनलमा पराजित भएका लागि नेपाल र हङकङ आज खेल्दै छन् ।

ओमानस्थित ओमान क्रिकेट एकेडेमीमा नेपालले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ ।

शुक्रबार सम्पन्न दोस्रो सेमिफाइनलमा हङकङ ओमानसँग पराजित भएपछि तेस्रो स्थानको लागि नेपालसँग खेल्ने भएको हो । यस अघि शुक्रबार नै सम्पन्न पहिलो सेमिफाइनलमा नेपाल युएईसँग ६ विकेटले पराजित भएको थियो ।

तेस्रो स्थानको विजेताले फाइनलमा पुगेका दुई देशसहित आगामी इमर्जीङ टिम्स एशिया कप खेल्न पाउने छ ।

त्यस्तै एसीसी प्रिमियरको कपको फाइनलमा भने आयोजक ओमान र युएई आइतबार खेल्ने छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *