महिन्द्र राय यादवको आरोप- बाबुरामलाई राष्ट्रपति दिएको भए १५ दिनमा पार्टी एकता हुन्थ्यो

नेपाल समाजवादी पार्टीका अध्यक्ष महिन्द्र राय यादवले डा. बाबुराम भट्टराई आफू राष्ट्रपति र पत्नी हिसिला यमीलाई उपराष्ट्रपति बनाउन नसकेपछि एकताको विपक्षमा उभिएको आरोप लगाएका छन्।

शनिबार पार्टीले ललितपुरमा आयोजना गरेको अगुवा कार्यकर्ता भेला तथा अभिमुखीकरण कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष यादवले अर्का अध्यक्ष डा. भट्टराईले राष्ट्रपतिको पद प्राप्त नगरेपछि माओवादी केन्द्रसँग एकताको विपक्षमा उभिएको बताए।

उनले भट्टराईले राष्ट्रपति पद मागेको खुलासा गरे। आफूले राष्ट्रपति नपाएपछि पत्नी हिसिला यमीलाई उपराष्ट्रपति बनाउन विभिन्न नेताकहाँ दौडधुप गरेको र सो पनि नपाएको यादवले बताए।

अन्तिममा पत्नी यमीको लागि गण्डकी प्रदेशबाट राष्ट्रिय सभा सदस्य मागेको र सो पनि नपाएपछि एकता हुन नसकेको उनले बताए। अध्यक्ष यादवले भट्टराईले राष्ट्रपति पद पाएको भए १५ दिनभित्रमा पार्टी एकता भइसकेको हुने जिकिर गरे।

उनले बाबुराम भट्टराईले नेपाली जनतालाई धोका दिएको र परिवारवादमा फसेको आरोप लगाए। उनले बाबुराम भट्टराई अधिक लोभी, पापी बनेको पनि बताए।। उनले भट्टराईलाई आफ्नो परिवारका लागि समाजवाद चाहिएको आरोप लगाए।

उनले भने,’उहाँलाई राष्ट्रपति बनाइदिएको भए यो पार्टी १५ दिनमा एकता हुन्थ्यो। बन्न सक्नुभएन। डा. सापले मलाई भन्नुभयो, राष्ट्रपति भएन हिसिला यमीको लागि उपराष्ट्रपतिको लागि कुरा गर्न जाऔँ, मैले कुरा गरेको छु प्रचण्डसँग। मैले डा. सापलाई भनेँ, तपाई पनि हिँड्नुस्। प्रचण्डजीले भन्नुभयो– मैले उपराष्ट्रपति जनता समाजवादीलाई दिएँ। डा. साप विचलित हुनुभयो।’

अध्यक्ष यादवले डा. भट्टराईसँग लामो समयसम्म सहकार्य गर्ने गंगानारायण श्रेष्ठ, बुहारी दुर्गा भट्टराई र विश्वदीप पाण्डेसमेत उनीसँग नभएको भन्दै यसले आधिकारिक नेसपा आफूहरुको भएको प्रष्ट पारेको बताए। उनले मधेस आन्दोलनको मागलाई पूरा गर्नका निम्ति माओवादी केन्द्रसँग एकता गर्न लागेको पनि बताए।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर