सुनको मूल्य आज स्थिर

नेपाली बजारमा सुनको मूल्य स्थिर रहेको छ भने चाँदीको मूल्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य स्थिर रहँदै शुक्रबारकै १ लाख ३९ हजार ३०० मा कारोबार भइरहेको छ । त्यस्तै तेजावी सुनको मूल्य तोलाको १ लाख ३८ हजार ६५० रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यसैगरी आज चाँदीको मूल्य भने बढेको छ । महासंघका अनुसार आज चाँदीको मूल्य तोलामा २० रुपैयाँले बढेर प्रतितोला १७ सय ४० रुपैयाँमा कारोबार भइरहेको छ । यस अघि शुक्रबार चाँदी तोलाको १७ सय २० मा कारोबार भएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर