दुई मन्त्रालय नपाएपछि लुम्बिनी सरकारबाट बाहिरियो जसपा

मन्त्रालय भागबण्डामा असन्तुष्ट रहेको जनता समाजवादी पार्टी लुम्बिनी प्रदेश सरकारबाट बाहिरिएको छ । सहमतिअनुसार दुई मन्त्रालय नपाएपछि जसपा प्रदेश सरकारबाट बाहिरिएको हो ।

कृषिमन्त्री बनेका जसपाका भण्डारीलाल अहिरले पदबाट राजीनामा दिएका छन् । माओवादीबाट मुख्यमन्त्री बनेका जोखबहादुर महरा नेतृत्वको प्रदेश सरकारमा उनी यही वैशाख ६ मा कृषिमन्त्री नियुक्त भएका थिए ।

जसपाले सहरी विकास तथा पर्यटन र कृषि तथा भूमि व्यवस्था मन्त्रालय पनि पाउने सहमति महराले गरेका थिए । तर, मन्त्रालय नपाउने भएपछि सरकारबाट बाहिरिएको तर समर्थन भने फिर्ता नलिएको जसपाका नेता अहिरले बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर