ट्राफिक प्रहरीलाई गर्मीबाट बचाउन वातानुकूलित हेल्मेट

भारतले आफ्ना ट्राफिक प्रहरीलाई गर्मीबाट बचाउन वातानुकूलित हेल्मेट प्रयोगमा ल्याएको छ ।

भारतका विभिन्न क्षेत्रमा अहिले भीषण गर्मीको अवस्था छ । यसबीच, कैयौं राज्यका प्रहरी विभागले आफ्ना ट्राफिक प्रहरीका लागि वातानुकूलित हेल्मेटको व्यवस्था गरेका छन् ।

अधिकारीका अनुसार ४० डिग्री सेल्सियसभन्दा बढी तापक्रममा राहत दिनका लागि यस्तो हेल्मेट डिजाइन गरिएको छ । हेल्मेटमा आँखामा सूर्यको सिधा प्रकाश पर्नबाट बचाउन भाइजरको व्यवस्था छ भने चिसोको महसुस गराउन कुलिङ संयन्त्रको पनि व्यवस्था गरिएको छ ।

विशेषगरी गुजरातजस्ता राज्यमा गर्मीका कारण ड्युटीमा खटिएका ट्राफिक प्रहरी बेहोस भएको खबरहरु आएपछि यस्तो व्यवस्था गरिएको हो ।

वातानुकूलित हेल्मेट ब्याट्रिको सहायताबाट सञ्चालन हुन्छ । एकपटक फूल चार्ज गरेपछि आठ घन्टा काम गर्छ । एजेन्सीको सहयोगमा

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर