समाजमा नकारात्मक असर पार्ने दृश्य प्रत्यक्ष प्रसारण नगरौं : नेपाल प्रहरी

नेपाल प्रहरीले समाजमा नकारात्मक असर पार्ने सामग्रीहरु प्रकाशन तथा प्रसारण नगर्न आमसञ्चार माध्यामहरुलाई आग्रह गरेको छ ।

नेपाल प्रहरीको अपराध अनुसन्धान विभागले आइतबार काठमाडौंमा आपराधिक घटनाको समाचार सम्प्रेषण सम्बन्धमा अन्तरक्रिया कार्यक्रम आयोजना गरी समाजमा नकारात्मक असर पार्ने विभत्स दृश्यहरु भ्युज बढाउने नाममा सामाजिक सञ्जालमा प्रत्यक्ष प्रसारण नगर्न पनि सचेत गराएको छ ।

कार्यक्रममा बोल्दै विभागका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक टेकबहादुर तामाङले न्यूनतम मानवीय संवेदनशीलतालाई ख्याल राखेर विभत्स दृश्य लगायतका समाजमा नकारात्मक असर पार्ने कुराहरु जथाभावी प्रकाशन तथा प्रसारण नगर्न सचेत गराए । पक्राउ पर्नेबित्तिकै अपराधी भनेर करार गर्ने काम नगर्न पनि उनले सञ्चारमाध्यमहरुको ध्यानाकर्षण गराए ।

प्रहरी अतिरिक्त महानिरीक्षक तामाङले समाजमा नकारात्मक भावनाको विकास गराउने सामाजिक सञ्जाल प्रयोगकर्ताहरुलाई कडा निगरानीमा राखी कारबाही गर्ने कामलाई नेपाल प्रहरीले उच्च प्राथमिकतामा राखेको बताए ।

प्रहरी अतिरिक्त महानिरीक्षक तामाङले समाजमा नकारात्मक असर पु¥याउने खालका समाचार प्रसारण गर्न उपयुक्त नहुने तर्क समेत गरे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर